सबैभन्दा ठुलो आईपीओ ल्याउन लागेको निफ्राको कति छ नाफा ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले चालु आवको दोस्रो त्रैमासमा रु. ४० करोड २७ लाख खुद नाफा कमाएको छ । केही महिना अघि मात्रा सञ्चालनमा आएको यस बैंकले पहिलो त्रैमास रु. २० करोड ५७ लाख नाफा कमाएको थियो । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकले हालसम्म रू. २५ करोड निक्षेप संकलन गरेको छ । यस्तै, जगेडा कोषमा रु. १ अर्ब २९ करोड ८० लाख जम्मा गरेको छ । यस्तै, बैंकले  रू. ५८ करोड २६ लाख ९४ हजार कर्जा प्रवाह गरेको छ । निफ्राले बैंक तथा वित्तिय संस्थालाई भने रु. ११ अर्ब ३७ करोड ३३ लाख कर्जा दिएको देखिन्छ । बैंकले कुल प्रवाहित कर्जाबाट रु. ६२ करोड ८३ लाख ६९ हजार कुल व्याज आम्दानी गरेको छ ।
बिभिन्न आयोजनामा लगानी जुटाउने योजना सहित नेपाल सरकारले नै गत बर्षदेखि यो बैंक सञ्चालनमा ल्याएको हो । यसमा निजी क्षेत्रको पनि लगानी छ । हाल यो बैंकको चुक्तापुँजी रू. १२ अर्ब रहेको छ । साथै, बैंकले रू. ८ अर्बको आईपीओ जारी गर्दैछ, जुन नेपालको पुँजी बजारमा हाल सम्मकै सबैभन्दा उच्च हो । आईपीओ बिक्री पछि बैंकको चुक्तापुँजी २० अर्बको हुनेछ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया