समाजवादका लागि पहिलेका भ्रष्टाचारीलाई कारबाही : मन्त्री ज्ञवाली

६ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार आर्थिक विकास मार्फत समाजवादमा पुग्न भ्रष्टाचारको छानविन र कार्वाहीमा लागेको बताएका छन् । 

सञ्चार माध्यममा आएजस्तो अहिले भ्रष्टाचार बढेको नभइ समाजवादमा पुग्ने यात्राका लागि विगतमा भएका भ्रष्टाचारको छानविन र कारबाही बढेको उनको भनाई छ । 

गुल्मी सदरमुकाममा कार्यकर्ता प्रक्षिणको क्रममा मन्त्री ज्ञवालीले सरकारको गति कम भएपनि सहि बाटोमै रहेको बताए । 

उनले सरकारले संघियताको ब्यबस्थापन तीन किसिमले भैरहेको जानकारी दिँदै त्यसमध्ये प्रशासनिक र आर्थिक ब्यबस्थापन भैसकेको र जलविद्युत तथा पुर्बाधार बिकासमार्फत अव अगाडि बढ्ने बताए ।  ‘अब जलविद्युत र पूर्वाधार विकास मार्फत देश छिटो विकासशिल मुलुक हुने यात्रामा अगाडि बढ्छ’, उनले भने । 

केन्द्रिय समितिले सरकारका काम कारबाहीको बारेमा जनतालाई जानकारी दिन तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले त्यसबाट सरकारका कामको जानकारी जनतासंग पुग्ने र एकाध ठूला संचारमाध्यमले छरेका भ्रम समेत अन्त्य हुने बताए । 

‘सरकारका एकाध कमजोरी भएको भएपनी सच्याइन्छ तर सरकारलाई कुनैपनी हालतमा सफल पारेर ऐतिहासिक जिम्मेवारी पुरा गरिन्छ’, उनले भने । 
प्रधानमन्त्री अस्वस्थ हुँदाहुँदै पनि दिनको अठार घण्टासम्म खटेको स्मरण गर्दै मन्त्री ज्ञवालीले कमसेकम अनियमितता, भ्रष्टाचार हुन दिन्न भन्ने प्रधानमन्त्रीको प्रतिवद्धतामा शंका नगर्न आग्रह गरे ।

६ बर्ष अगाडि

प्रतिक्रिया