औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक पारित

६ बर्ष अगाडि

राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । 
 
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । 

यसअघि मन्त्री भट्टले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सो विधेयकमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया