काठमाडौं । केरुङ काठमाडौँ रेलमार्गको चर्चा भइरहेको बेला सञ्चालनमा नै रहेको रसुवागढी राजमार्गका दर्जन बढढी स्थानमा बाढी र पहिरोका कारण राजमार्ग क्षतिग्रस्त भएपछि नेपाल र चीनबीचको सम्पर्क सञ्जाल पछिल्लो केही दिनदेखि टुटेको छ ।
भूकम्पका कारण बन्द भएको तातोपानी नाका कहिले र कसरी खुल्छ भन्ने कुराको जानकारी कोही पनि दिन तयार छैनन् । तर पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आगामी जेठ मसान्तदेखि तातोपानी नाका खुल्ने भनिएको छ । चिनियाँ अधिकारीले कोदारी राजमार्गको निर्माण सम्पन्न गरेर राजमार्ग सञ्चालनमा ल्याउने र नाका समेत सञ्चालन गर्ने वचन भने दिएका छन् ।
पछिल्लो पटक चीनले असाध्यै महत्वका साथ अगाडि बढाएको रसुवागढी नाकाको नै सम्पर्क बिन्दु टुटेपछि व्यापारी व्यवसायीको बेहाल भएको छ । रसुवागढी पुग्नै नै महाभारत भएको छ । रसुवागढी नाकामा मात्रै करिब दुई अर्ब बराबरको सामान बोकेका ४०० बढी ट्रक तथा कन्टेनर रोकिएका छन् । चीनबाट आयात भएको करोडौ मूल्य बराबरको स्याल तथा अन्य खाद्य पदार्थ समेत कुहिने अवस्थामा पुगेका छन् ।
मनसुनका कारण रसुवाको हिमाली क्षेत्रमा भीषण वर्षा हुँदा धुञ्चे स्याप्रु क्षेत्रमा मात्रै दर्जन बढी स्थानमा पहिरो गएका छन् । कमजोर भूधरातल तथा वर्षाका कारण पहिरो जाँदा यात्रु अलपत्र मात्रै परेका छैनन । ठूलो परिमाणको सामान समेत खेर जाने अवस्थामा पुगेको छ । रेलमार्ग निर्माण गर्ने चर्चा गरेर मात्रै के गर्नु सडक मार्ग मात्रै राम्रो भइदिए कति राम्रो हुन्थ्यो, हिमालयन सीमापार व्यापार संघको भनाई छ ।
उनका अनुसार तातोपानी नाका लामो समयदेखि बन्द अवस्थामा रहेको छ । चल्ने भनिएको रसुवागढी नाका समेत विगत १० दिन देखि बन्द भएको छ । यसले त व्यापारी व्यवसायीलाई त समस्या पार्यो नै त्यो भन्दा बढी पहिरो लड्ने भीरमा लाखौ मूल्य पर्ने सवारी साधन अलपत्र छाडेर हिड्नु परेको उनको गुनासो छ । नेपाललाई चीनसँग जोड्ने रेलमार्गको चर्चा चलिरहेको बेला भइरहेका सडकहरूलाई दुरुस्त बनाउनै डेढ वर्ष लाग्ने भएपछि चीनबाट सरसामान ल्याउने व्यवसायीमा चिन्ता थपिएको छ ।
हाल प्रयोगमा रहेको एकमात्र सडक गल्छी–रसुवागढी सडकलाई समेत दुरुस्त बनाउन अझै डेढ वर्ष लाग्ने अधिकारीहरूले बताएका छन् । पहिरोका कारण बेला बेला उक्त सडकमा हुँदै आएको अवरोध छल्ने गरी भइरहेको निर्माण सकिएपछि हाल देखिएजस्तो समस्या नआउने उनीहरूको दावी छ । तर व्यवसायी सरकारी अधिकारीको उक्त भनाई मान्न नसकिन र यर्थाथ भन्दा फरक रहेको बताउँछन् ।
पहिरो र बाढीका कारण अवरुद्ध भएको सडक मर्मतका लागि कम्तीमा पनि दश दिन लाग्ने व्यापारीको भनाइ छ । हरेक पटक वर्षातको समयमा बाढी र पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गरेको छ । रसुवाको दर्जन बढी स्थानमा पहिरोको जोखिम रहेको छ । राम्चे मात्रै उदाहरण रहने अब । वर्षौँदेखिको यो समस्या अन्त्य हुन अझै डेढ वर्ष लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पहिरो जाने क्षेत्रभन्दा फरक ठाँउबाट सडक बनाउनुपर्नेमा सरकारले त्यहि क्षेत्रमा डोजर लगाएर छाडिदिएको छ ।
गल्छी रसुवागढी सडकको नयाँ निर्माणका लागि ४६ किलोमिटरलाई कालोपत्रेसहित दुई लेनको बनाउने काम भइरहेकासरकारी दावी छ । नेपाली सेनाले ट्रयाक खोलिदिएको १८ किलोमिटरलाई पनि त्यही स्तरको बनाउन ठेक्का दिने प्रकृयामा रहेको र बाँकी १८ किलोमिटरको स्तर उन्नति गर्न काम चीनले नै गरिदिने सहमति भएको छ । तर कहिले काम सुरु हुन्छ भन्नेमा सरकारी अधिकारी नै बताउन सक्ने अवस्थामा छैनन् ।
गत साउन १२ गतेको वर्षाका कारण रसुवाको घट्टेखोला पुल बाढीले बगायो । गत आइतबार रसुवा र नुवाकोट जोड्ने अर्को पुल समेत बगेको छ । रसुवागढीमा मात्रै पहिरोले सडक बगाएको छ । यस्तै स्याप्रबेसीमा पनि सडकमा पहिरो खसेको छ । राम्चेको समस्या बर्षौदेखिको भइहाल्यो ।
बाढीले बगाएको सक मर्मतका लागि नेपाली सेनालाई आग्रह गरिएको छ । सेनाले विक्ष्फोटक पदार्थ पड्काएर सडक बनाउने तयारी गरिएको छ । पुल मर्मतको काम कहिले सुरु हुने हो केही ठेगान छैन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव गोपाल सिग्दलले सडक मर्मत गर्न केही दिन लाग्ने बताएका छन् । तर केही दिन भनेको कति हो उनले प्रष्ट खुलाएनन् । क्षति भएको एक महिना हुन लाग्दा समेत मर्मतका ध्यान नदिइदा व्यापारी भने आक्रोशित भएका छन् । सरकार रेलको चर्चा गरेर बसेको छ । मानौ आज रेल आयो, भोलि नै रेल आयो भने जसरी । तर भएको राजमार्ग मर्मतमा नै ध्यान दिन सकेको छैन । जसका कारण यात्रु र सवारी साधन नै विगत एक महिनादेखि अलपत्र हुन पुगेको छ । रेल ल्याउने कुरालाई पनि प्राथमिकतामा राखेर पहिले राजमार्ग मर्मतमा लागेदेखि जनस्तरबाट आक्रोश कम हुने थियो । तर त्यसतर्फ कुनै पनि ध्यान दिइएको छैन ।
रेल र पानी जहाजको कुरा गरेर नथाक्ने सरकारले बर्षाको समयमा भएका राजमार्गलाई नै प्रभावकारी रुपमा सञ्चालन गर्न सकेको छैन । सरकारी निकाय पूर्ण रुपमा कमजोर सावित भएका छन । उनीहरुले कुनै पनि जिम्मेवारी महसुस गरेका छैनन ।
नागरिक भोकै मरे पनि मरुन् । अलपत्र भएपनि होऊन् भन्ने प्रवृत्ति देखाएको छ । सडकको जिम्मा लिएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठलाई कसरी कमाउने र पैसा उठाउने भन्दा अरु कुनै चिन्ता छैन । श्रीमती जुली महत्तो परिचालन गरेर उनले उठती धन्दा चलाएको उजुरी प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुगेको भएपनि महासेठमाथि हालसम्म कुनै कारवाही भएको छैन । सडक विभागका पदाधिकारीलाई मन्त्री महासेठको चाकडी गर्दैमा फुर्सद छैन । उत्तर जोड्ने नाका बन्द भएको लामो समय हुँदा समेत सरकारी निकायले ध्यान नदिएको भन्दै चर्को आक्रोश पैदा भएको छ । यस वारेमा महासेठसंग सम्पर्कगर्न खोज्खा भेट भएन ।
प्रतिक्रिया