वार्षिकोत्सवको समय नजिकिँदा निजी टेलिकम कम्पनीले सेवा प्रवाह तथा गुणस्तर सुधार गरिएको भेटिन्छ । वार्षिकोत्सवको केही समय अगाडिदेखि नै नयाँ अफर ल्याएर धुमधामसँग त्यसबारे प्रचार प्रसार गर्छन ।
तर ९१ प्रतिशत भन्दा धेरै सरकारी सेयर लगानी रहेको नेपाल टेलिकमको वार्षिकोत्सवको बारेमा मंगलबार सम्म मिडियामा निम्तो बाहेक अन्य कुनै सूचना थिएन । न थियो कुनै नयाँ योजना बारे प्रचार नै ।
बरु वार्षिकोत्सवको पूर्वसन्ध्यामा मंगलबार डाटा तथा भ्वाइस प्याक लिएका ग्राहकले एउटा समस्या भोगे डाटाको ब्यालेन्स नघट्ने तर मेन ब्यालेन्सबाट धमाधम रकम घट्ने ।
बुधबार बिहानै अर्को समस्या आयो डाटा नचलेर ग्राहक हैरान । टेलिफोन मार्फत समस्या राख्न खोज्दा कुनै सम्बोधन भएन ।
मिडियाले समस्याबारे अभगत गराउँदा सह प्रवक्ता कृष्ण प्रसाद भण्डारीले वार्षिकोत्सव भएको कारण व्यस्त रहेको जवाफ फर्काए ।
मिडियामा वार्षिकोत्सवको अवसरमा ल्याएका अफरहरु तथा अन्य योजनाको जानकारी दिन पनि मध्यदिन नै कुर्नुप¥यो ।
वार्षिकोत्सव धुमधामसँग मनाउने तयारीमा लाग्नुपर्ने कर्मचारीहरु डुवाउने आन्दोलनमा लागे । केहीदिनदेखि आन्दोलन गरेका उनीहरुले औपचारीक कार्यक्रममा समेत जोगिको जस्तो भेषमा टाउकोमा पहेँले फेटा बाँधेर उभिएका देखिन्थे । कार्यक्रम हेर्दा लाग्थ्यो यो वार्षिकोत्सव होइन, शोक सभा हो ।
भ्रष्टाचारमा लिप्त रहेको नेतृत्व तथा व्यवस्थापन र डुबाउन अघोषित साँठगाँठ गरेका कर्मचारीहरु आन्दोलनको नाममा ‘मैले हानेजस्तै गर्छु, तँ रोएजस्तै गर’ भन्ने जस्तो अभिनय प्रष्ट बुझिन्थ्यो ।
कर्मचारीको रमिता देखेपछि कार्यक्रमका प्रमुख अतिथी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले टेलिकमलाई सरकारले कान्छा छोरा–छोरीलाईजस्तो माया गरेको भएपनि कर्मचारीले शोक मनाउने प्रबृत्ति ठीक नभएको बताए । ‘जन्मदिनको दिनमा पनि खुसी मनाउन नसक्ने कस्तो हो तपाईंहरुको प्रवृत्ति ?’, उनले प्रश्न गरे ।
उनले कर्मचारीले राजनीति गरेकोले हिसाव किताव राख्ने चेतावनी दिएर फर्केका छन् । ‘यो विनाशकारी सोच हो, यो सोच त्याग्नुपर्छ । यसको हिसाबकिताब पनि म राम्रै गर्छु, अराजकता सहिन्न’, मन्त्री बास्कोटाले कर्मचारीहरुलाई भने, ‘आमाको जन्मोत्सवमा त खुसी हुने हो, शंख बजाउने होइन ।’
मन्त्रीका सामुन्ने तमासा देखाउने कर्मचारी र कमजोरी गर्ने व्यवस्थापनलाई कार्वाही गर्छन् वा चेतावानी मात्रै हो त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया