नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन

६ बर्ष अगाडि

नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ । 

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट ग्रसित थिए।

नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहेका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक रहेका थिए। विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनी पहिलो प्रस्तोता रहेका थिए। 

उनी टेलिभिजनका अगुवाका रुपमा चिनिएका थिए। उनले रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसकेका छन्। इलामको फिक्कलमा जन्मिएका शर्माको श्रीमती र दुई छोरा छन्। शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आएका थिए। 
 

६ बर्ष अगाडि

प्रतिक्रिया