गुरासँ लघुवित्तको नाफा ५९ प्रतिशतले बढ्यो, ब्याज आम्दानीमा पनि वृद्धि

६ बर्ष अगाडि

गुरासँ लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । 

कम्पनीेले यस अवधीमा ४१ लाख ५३ हजार रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधीको तुलानामा १५ लाख २३ हजार (५९.५४) ले धेरै हो । 

कम्पनीले गत आवको यसै अवधीमा २६ लाख ३ हजार खुद नाफा आर्जन गरेको थियो । 

त्यस्तै, कम्पनीले समीक्षा अवधीमा १ करोड १४ लाख रुपैयाँँले आफ्नो खुद ब्याज आम्दानी बढएको छ । गत आवको यसै अवधीमा कम्पनीले १ करोड २२ लाख ब्याज आम्दानी गरेको थियो भने समक्षिा अवधीमा कम्पनीले २ करोड ३६ लाख रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको छ । 

यस अवधीमा कम्पनीले आफ्नो सञ्चालन मुनाफामा पनि वृद्धी गरेको छ । गत आवको यसै अवधीमा ४० लाख ९४ हजार सञ्चालन मुनाफा कमाएको कम्पनीले समीक्षा अवधीमा २४ लाख ३६ हजारले बढाएर ६५ लाख २७ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ ।

कम्पनीले अहिले सम्ममा १२ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने  ७१ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया