अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला मन्त्री र प्रचण्डबीच भेटवार्ता

७ बर्ष अगाडि

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि. वेल्सले भेटवार्ता गरेका छन् । 
अध्यक्ष निवास खुमलटारमा आइतवार बिहान भएको भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थन बारे चर्चा भएको प्रचण्डको सचिवालयले जनाएको छ । 
आफ्नै निवास खुमलटारमा भएको भेटमा उनले भने, ‘नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद छ ।’
उनले ७० वर्षदेखिको राजनैतिक अस्थिरताको अन्त्य गरी स्थिरता कायम गरेको बताउँदै अब आफूहरु आर्थिक समृद्धिमा लागेको स्पष्ट पारे । 
भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने अध्यक्ष प्रचण्डको भनाई थियो । उनले त्यसको लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले भने, ‘ नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगीसिद्ध हुनेछ ।’
उनले शान्ति, समृद्धि र लोकतन्त्र प्रति आफूहरु पूर्णप्रतिवद्ध रहेको बताउनुहुँदै संसारमा स्थापित लोकतन्त्रको मान्यता अनुसरण गरिएको बताए ।
भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान रहेको भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गरेका थिए । 

उनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताए ।  नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको मन्त्री वेल्सको धारणा थियो । उनले वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताए ।अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला मन्त्री र  प्रचण्डबीच भेटवार्ता

प्रतिक्रिया