सिद्घार्थ बैंकले बाँकेको दुई स्थानमा आफ्नो शाखा बिस्तार गरेको छ ।
बैकंले नेपालगन्जस्थित न्युरोड र बीपी चोकमा शाखा विस्तार गरेको हो ।
न्युरोड शाखाको एक कार्यक्रमबीच नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले गरेकी हुन् । भने बीपी चोकमा रहेको शाखा भने नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटा र नगरप्रमुख धवलशमशेर राणाले संयुक्त रूपमा गरेका थिए ।
बैकंले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुच पु¥याउने उद्देश्यका साथ देशभर १८० शाखा ३ एक्स्टेन्सन काउन्टरसहित, १०१ शाखारहित बैंकिङ सेवा, २०३ एटीएम र १६ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया