पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका सबै लोकतान्त्रिक÷गणतान्त्रिक न्दोलनहरूको स्मरण गराउने गणतन्त्र स्मारक कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आधुनिक नेपाल राज्य बने यताका सबै लोकतान्त्रिकरगणतान्त्रिक आन्दोलनहरूको सम्झनाका दिलाउने स्मारक कमजोर बनाएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।
नारायणहिटी दरबार संग्राहलय परिसरमा निर्माण भएको स्मारक अवलोकन पछि सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
गणतन्त्र नेपालको पहिलो सरकार बनेपछि उनी अर्थमन्त्री हुँदा नारायणहिटी दरबार परिसरमा विशाल स्तम्भ सहित ऐतिहासिक गणतन्त्र स्मारक बनाउने निर्णय गरिएको थियो ।
तर पछिल्ला सरकारहरुले स्तम्भ र स्मारक फरक फरक ठाउँमा बनाउने भन्दै स्तम्भ किर्तिपुरमा र स्मारक नारायणहिटीमा बनाउने गरि शिलान्यास भएको थियो ।
डा. भट्टराईले गणतन्त्र स्मारक र स्तम्भ भनेको एक युगमा एक पटक बन्ने र युगौयुगसम्म कायम रहने संरचना भएकोले यसलाई राज्यले सर्वोपरि स्थानमा राख्नुपर्ने सुझाव सरकारलाई दिएका छन् । ‘यसको महत्व बुझ्न पेरिस, वाशिंगटन, मस्को, बर्लिन, दिल्ली, जाकार्ता आदिका संरचना अध्ययन÷स्मरण गरोस्’, उनले लेखेका छन् ।
नारायणहिटीमा स्मारक त बनेको तर ज्यादै कमजोर प्रकृतिको भएको र कीर्तिपुरमा स्तम्भ बन्ने सुरसार नै नभएको भन्दै उनले आफ्नो राष्ट्ररदेशको इतिहासको सम्मान गर्न नजान्नेले भविष्य पनि निर्माण गर्न नसक्ने भन्दै सरकारलाई व्यङ्गय गरेका छन् ।
‘स्तम्भ र स्मारक अलग अलग स्थानमा सट्टा एकै ठाउँमा निर्माण गरौं, ताकि देशैभरका जनता र विदेशी पर्यटक समेतले संगै लाभ लिन सकुन’, उनले भनेका छन् ‘त्यसको निम्ति सबभन्दा उपयुक्त स्थान नारायणहिटी परिसर नै हुन्छ ।’
डा. भट्टराईले दरबार संग्रहालय र गणतन्त्र स्मारकको भ्रमणले एकैसाथ समग्र नेपालको इतिहासको झल्को दिने गरि निर्माण गर्नुपर्ने पनि बताएका छन् ।
उनले राज्यले त्यसलाई उचित महत्व नदिएको कारण हाल बनेको गणतन्त्र स्मारक स्तरीय बन्न नसकेको भन्दै आलोचा गरेका छन् । त्यसका निम्ति राज्यले उच्च तहको कमिटी निर्माण गरेर विभिन्न आन्दोलनका जिम्मेवार नेता र विज्ञहरूको सल्लाह लिनुपर्ने उनको सुझाव छ ।
अहिलेसम्मका सबै शहीद, वेपत्ता, घाइतेहरूको स्मरण र सम्मान हुनेगरी आधुनिक नेपाल राज्य बने यताका सबै लोकतान्त्रिकरगणतान्त्रिक आन्दोलनहरूलाई समेट्ने अलग अलग कक्षहरु निर्माण गर्नुपर्ने उनको सुझाव छ । ‘राणाविरोधी आन्दोलन, पंचायती निरंकुशता विरोधी आन्दोलन, जनआन्दोलन, जनयुद्ध, मधेस/थरूहट/जनजाति आन्दोलन आदि सबैलाई समेट्ने गरी अलग अलग कक्ष निर्माण गर्नुपर्दछ,’ उनले लेखेका छन् ‘साथै सबै शहीद,वेपत्ता,घाइतेहरूको स्मरण र सम्मान गर्नुपर्दछ ।’
प्रतिक्रिया