निर्धन उत्थान लघुवित्तले ३३ करोड नाफा कमायो, प्रतिशेयर आम्दानीमा भने गिरावट

६ बर्ष अगाडि

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था  चालु आर्थिक वर्षको दास्रो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । संस्थाले गत आर्थिक वर्षको यसै अवधीको तुलानामा संस्थाले खुद नाफा ७ करोड ९ लाख रुपैयाँले बढाएको छ । 

गत आर्थिक वर्षको यसै अवधीमा ३३ करोड ३२ लाख खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधीमा ४० करोड ४१ लाख खुद नाफा आर्जन गरेको छ । 
त्यस्तै, यस अवधीमा बैंकले आफ्नो खुद ब्याज आम्दानीमा पनि सुधार ल्याएको छ । 

गत आवको यसै अवधीमा ७६ दकरोड ९२ लाख खुद ब्याज आम्दानी गरेको संस्थाले समीक्षा अवधीमा १३ करोडले बढाएर ९० करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।यस अवधीमा कम्पनीको संचालन मुनाफा पनि १२ करोडले बढे्को छ । गत आवको यसै अवधीमा ५२ करोड ३६ लाख रहेको कम्पनीको समीक्षा अवधीमा सञ्चालन मुनाफा ६३ करोड ९८ लाख पुगेको छ ।

यस अवधी सम्ममा कम्पनीले १२ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा २० अर्ब ५० करोड कर्जा लगानी गरेको छ । 

यस अवधीमा कम्पनीको  प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ । समक्षिा अवधीमा अघिल्लो आवको यसै अवधीको तुलानामा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर ५३ रुपैयाँ ८९ पैसामा झरेको छ। 
 

६ बर्ष अगाडि

प्रतिक्रिया