सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बर्दियामा रहेको केदारेश्वर धामलाई सहयोग गरेको छ ।
बैंकले सफा पानीे उपलब्ध गराउन १ हजार लिटरको १ थान पानी ट्यांङ्की र धाम भ्रमण गर्न आउँने भक्तजनबाट सहयोग संकलन गर्न ५ हजार थान टिकट उपलब्ध गराएको हो ।
उक्त सहयोग बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरेका थिए ।
केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तब्यमा पर्न सफल धाम हो।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया