एक्सेल डेभलपमेन्टको नाफा १० करोड, अन्य सूचकमा पनि सुधार

६ बर्ष अगाडि

एक्सेल डेभलपमेन्ट बैंकले चालु आार्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । 
यस अवधीमा बैंकले खुद नाफा अघिल्लो आवको यसै अवधीको तुलानामा २ करोड २३ लाखले बढाएको छ ।

अघिल्लो आवको यसै अवधीमा ८ करोड २५ लाख खुद नाफा कमाएको बैंकले समक्षिा अवधीमा १० करोड २८ लाख खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, यो अवधीमा बैंकले आफ्नो खुद ब्याज आम्दानी पनि ४ करोड ९९ लाख रुपैयाँले बढाएको छ । 
अघिल्लो वर्षको यसै अवधीमा १८ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधीमा २३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दनी गरेको छ ।

त्यस्तै, समक्षिा अवधीमा बैंकले सञ्चालन मुनाफा पनि २ करोड ९२ लाख रुपैयाँले बढाएको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकले १४ करोड ६९ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । 

त्यस्तै, बंकले समीषा अवधीमा  ८ अर्ब ७४ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७ अर्ब ६६ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधीमा बैंकको प्रतिशेयर आम्दानी पनि बढेर २९ रुपैयाँ ७१ पैसा पुगेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया