५१ औं जिल्लाको रुपमा गुल्मी पुग्यो स्वास्थ्य बीमा, देशभर करिब २५ लाख बीमित

६ बर्ष अगाडि

काठमाडौं – नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य वीमा कार्यक्रम ५१ औ जिल्लाको रुपमा गुल्मीमा शुरु भएको छ । २५ लाख भन्दा धेरै वीमित पु¥याउँदै स्वास्थ्यबीमा कार्यक्रम सोमबारदेखि गुल्मीमा शुरु भएको हो । 
सोमबार गुल्मीको सदरमुकाम रेसुङ्गामा आयोजीत कार्यक्रममा कार्यकारी निर्देशक रमेश पोखरलले संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बीमाको परिचय पत्रलाई दिएकर कार्यक्रमको शुभारम्भ गरेका हुन् । गुल्मीमा शुरु भएको स्वास्थ्यबीमा गराउनेहरुले आगामी जेठदेखी सुविधा पाउनेछन् ।  
कार्यक्रम शुरु भएपछि जिल्लाका हरेक वडामा तालिमप्राप्त कमिसन एजेण्टहरुले वीमा विस्तार गर्ने स्वास्थ्य वीमा कार्यक्रमका प्रवक्ता कृष्ण प्रसाद आचार्यले बताए । 
‘हामीले यसअघि नै हरेक स्थानीय तहको वडा वडाबाट आएका कमिसन एजेण्टले तालिम दिइसकेका छौँ,’ उनले भने, ‘जिल्ला सदरमुकाममा रहेको कार्यालयका दर्ता अधिकारीले प्रत्येक स्थानीय तहमा कमिसन एजेण्टको समन्वय गर्छन ।’ 
तालिमप्राप्त एजेण्टहरुले स्वास्थ्यबीमाको फाईदाको बारेमा जानकारी दिने र वीमा गराउने छन् । 
 

स्वास्थयबीमाबाट के फाईदा हुन्छ ?
स्वास्थ्यबीमा राष्ट्रिय स्वास्थयवीमा नीति २०७१ अनुसार सबैका लागि स्वास्थ्य र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याउन शुरु भएको कार्यक्रम हो । 
जस अन्तर्गत स्वास्थ्य सेवाका लागि ५ जना सम्मको परिवारले ३५ सय भुक्तानी गर्नुपर्छ । उनीहरुले १ लाख सम्मको उपचार पाउँछन् । ५ जना भन्दा धेरै सदस्य हुने परिवारका लागि हरेक सदस्यले थप ७ सय तिर्नुपर्छ । पाँच जना भन्दा बढी सदस्य भएका परिवारले प्रतिव्यक्ति २० हजारका सेवा सुविधा पाउनेछन् । 
स्वास्थ्य बीमा गर्नेहरुले नेपाल सरकारको स्वामित्व रहेको स्वास्थ्य संस्थाको पहिलो सेवा विन्दु रोज्नुपर्छ । उनीहरुले बीरामी परेको अबस्थामा सरकारी अस्पत्तालबाट निःशुल्क पाइने ७२ प्रकारका औषधी र उपचार बाहेक अरु सुविधा लिनुपरेमा पहिलो विन्दुमा निःशुल्क उपचार हुन्छ । त्यहाँ उपचार हुन नसक्ने अबस्था रहेमा उसले अन्य संस्थामा रिफर गर्छ । 
बीमितिले उपचार गर्न जाँदा उनीहरुलाई दिएको परिचयपत्रमा रहेको बारकोड अस्पत्तालमा रहेको मेसिनले पढ्छ र सबै जानकारी लिन्छ । त्यहाँ बिरामीले बीमाबापतको सुविधा लिएको वा नलिएको तथा लिएको भए कति रुपैयाँ बराबर लिइसकेको छ भन्ने कुरा पनि जानकारी हुने प्रवक्ता आचार्यले बताए ।  
गरिब परिचयपत्र भएक मध्य अति गरिवलाई शतप्रतिशत छुटको व्यवस्था छ । साथै, अन्य गरिव परिवारलाई ५० देखि ७५ प्रतिशतसम्मको छुट छ । त्यस्तै महिला स्वास्थ्य स्वयंवेविकाहरुका लागि ५० प्रतिशत छुटमा बीमा गर्ने व्यवस्था छ । बीमा गरेको १ वर्ष पुग्न एक महिना अगाडि नै नविकरण गर्नुपर्छ  ।
स्वास्थ्य बीमा बोर्डकाअनुसार हालसम्म २५ लाख भन्दा बढीले यस्तो बीमा गराएका छन् । स्वास्थ्य बीमा कार्यक्रम बागलुङ, कैलाली सहित ३ जिल्लाबाट सुरु भएको छ । बोर्डले चालु आवमा नै सबै जिल्लामा यो कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया