रुपन्देहीको वुटवल होराइजन चोकमा कामना सेवा विकास बैंक लिमिटेडले शाखा कार्यालय विस्तार गरेको छ । बैंकले ११८ औँ शाखा कार्यालयको उद्घाटन गरेको हो ।
होराईजन शाखा कार्यालयको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् ।
ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ।
साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ भी लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।
प्रतिक्रिया