काठमाडौं – नेपाल बंगलादेश बैंकले चालु आवको दोस्रो त्रैमासमा रू. ८० करोड ७७ लाख ७७ हजा खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
वित्तिय विवरणअनुसार बैंकले गत आवको सो अवधीमा रू. ७९ करोड ३३ लाख ९ हजार खुद नाफा कमाएको थियो । यो आवमा बैंकको नाफा झिनो रुपमा बढेको देखिन्छ । बैंकको बितरणयोग्य नाफा भने ४३ करोड ८१ लाख ३२ हजार रहेको छ ।
यस्तै, बैंकले हालसम्म रू. ६३ अर्ब १२ करोड ४३ लाख निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा बैंकले रू. ५९ अर्ब ७६ करोड ४७ लाख निक्षेप संकलन गरेको थियो ।
यस्तै, बैंकले हालसम्म रू. ५७ अर्ब ९३ करोड ४६ लाख ग्राहकहरुलाई कर्जा दिएको छ । गत आवको सो अवधीमा बैंकले रू. ५२ अर्ब ५१ करोड ८१ लाख कर्जा प्रवाह गरेको थियो । हालसम्म बैंकले बैंक तथा वित्तिय संस्थालाई रू. ३ अर्ब ५९ करोड ४५ लाख कर्जा प्रवाह गरेको छ ।
बैंकले कुल प्रवाहित कर्जाबाट रू. १ अर्ब ६६ करोड ५६ लाख कुल व्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्तापुँजी रू. ८ अर्ब ८ करोड रहेको छ ।
प्रमुख वित्तिय अनुपात
प्रति शेयर बजार मुल्यः २०३
मुल्य आम्दानी अनुपातः १०ं१६ प्रतिशत
प्रति शेयर नेटवर्थः १५६.४२
कुल सम्पत्ति प्रतिफलः २.०१ प्रतिशत
तरलता अनुपातः २३.४१
प्रतिक्रिया