काठमाडौ – वार्षिक रु.एक खर्ब २५ अर्ब बराबरको रकम वैदेशिक शिक्षा अध्ययनका लागि विदेशिने गरेको पाइएको छ ।
देशभित्र गुणस्तरीय शिक्षाको अभाव, बन्द हडताल तथा राजनीतिक रुपमा हरेक क्षेत्रमा जकडिएका समस्याका कारण ठूलो परिमाणको रकम विदेशिने गरेको सरकारी तथ्यांकले नै देखाएको छ ।
देश हरेक क्षेत्रमा परनिर्भर भइरहेको बेला शिक्षा क्षेत्रमा नै नोपलीको पैसा विदेशिएपछि त्यसले दुई फरक फरक प्रभाव समेत पारेको छ ।
एउटा प्रभाव दक्ष जनशक्ति विदेशिदा देशभित्र जनशक्तिको अभाव हुन पुगेको छ भने मोटो रकम विदेशिदा त्यसले भुक्तानी सन्तुलन देखि अन्य आर्थिक क्षेत्रमा समेत प्रभाव पारेको छ ।
सरकारले स्वदेशमा नै दक्ष जनशक्ति उत्पादन गर्ने भन्ने निर्णय गरेको बताएपनि नागरिकले त्यसलाई विश्वास गर्न सकेका छैनन् । विशेष गरी नेपाल भित्र मेडिकल कलेज खोल्न नदिने, खोलेका कलेज समेत दक्ष र गुणस्तरीय नहुने जस्ता समस्याका कारण मोटो रकम विदेशिएको हो ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढेर, गएको एक वर्षमा मात्रै ५८ हजार विद्यार्थी विदेशका विभिन्न कुनामा पुगेका छन् । विद्यार्थी विदेशिएसँगै मुलुकको सवा खर्ब रकम समेत डलरमा रुपान्तरित भएर विदेश पुगेको छ । त्यसले डलर सञ्चितीलाई घटाउन समेत मद्दत गरेको छ ।
शिक्षा मन्त्रालयकाअनुसार गत आर्थिक वर्षमा उच्च शिक्षा अध्ययनका लागि ५८ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।
गत वर्ष ५० हजार ६ सयले त्यस्तो अनुमति लिएका थिए । अघिल्लो वर्ष भन्दा गत वर्ष करिब आठ हजार थप विद्यार्थी विदेशिएका छन् ।
सो भन्दा अघिल्लो वर्ष ३२ हजार ५ सय विद्यार्थी विदेश अध्ययनका लागि भन्दै गएका थिए ।
शिक्षा मन्त्रालयका अनुसार हरेक दिन दुई सय विद्यार्थी विदेश अध्ययनका लागि अनुमति लिन्छन् । त्यसमा पछिल्लो पटक अध्यनयको नाममा विदेशिने र उतै हराउने क्रम पनि बढेको छ ।
ब्रने् ड्रेनको समस्याका कारण अदक्ष र अल्छीहरुको देशमा नेपाल रुपान्तरण हुने त होइन भन्ने चिन्त समेत बढेको छ ।
शिक्षा मन्त्रालयकाअनुसार उच्चशिक्षा अध्ययनका लागि गएका नेपाली विद्यार्थी करिक ८० देशमा पुगेका छन् ।
पछिल्लो दिनमा काम पनि पाइने, पढाई पनि हुने भन्दै जापान जाने विद्यार्थीको संख्या उल्लेख्य बढेको छ ।
पछिल्लो पाँच वर्षमा मात्रै जापानमा करिब ३० हजार बराबर नेपाली अध्ययनका नाममा पुगेका छन् ।
त्यसमध्ये सबैभन्दा ठुलो हिस्सा अष्ट्रलियाको रहेको छ । विदेश जाने मध्ये धेरैको रोजाई अर्थात् शिक्षा मन्त्रालयकै तथ्यांकलाई मान्ने हो भने ६० प्रतिशत विद्यार्थी अष्ट्रेलिया पुगेका छन् ।
जापान, भारत, अमेरिका, चीन, पोल्याण्ड, क्यानाडा, दक्षिण कोरिया लगायतका देशमा पनि नेपाली विद्यार्थीको संख्या ठूलो रहेको छ ।
शिक्षा मन्त्रालयकाअनुसार अनुमति नलिइ भारत जानेको संख्या अझै ठूलो भए पनि सरकारी अभिलेखमा उल्ल्ेख रहेको छैन । भारत गएका विद्यार्थीको समेत तथ्यांक राख्ने हो भने करिब ९० हजार विद्यार्थी वार्षिक रुपमा विदेशिने गरेका छन् ।
स्वदेशमा गुणस्तरिय शिक्षाको कमी, राजनीतिक अस्थिरता, रोजगारीको अवसर नहुनु लगायत कारणले विदेशिनु परेको दावी विद्यार्थीले गरेका छन् । त्यसमा अभिभावकको मत पनि विद्यार्थीको जस्तै छ । दक्ष शिक्षाका लागि कोही कसैलाई पनि रोक्न नकिने भएकाले बषौनी ठूलदो परिमाणमा नेपाली मुद्रा डलरमा परिणत भएर विदेशिएको छ ।
विद्यार्थी विदेशिने बढ्दो क्रमसँगै ठूलो रकम पनि बाहिरिँदा त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने गरेको छ ।
प्रतिविद्यार्थी कम्तीमा रु २० लाखका दरले वर्षेनी सवा खर्व रुपैयाँभन्दा बढी रकम विदेशिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
यति ठूलो आर्थिक मूल्य र उम्दा युवा शक्ति गुमाउने क्रम रोक्ने हो भने स्वदेशमै गुणस्तरिय शिक्षाको अवसर, शिक्षाका लागि उचित वातावरण र रोजगारीको सुनिश्चितता गर्न जरुरी छ । तर नेपामला शिक्षा र स्वास्थ्यको विषय सधे चरम राजनीतिको शिकार भएका कारण तत्काल नै यसै भन्ने अवस्था नरहेको बताइन्छ ।
प्रतिक्रिया