हिमालय बैंक पनि अर्ब क्लवमा, निक्षेप खर्ब माथि

६ बर्ष अगाडि

काठमाडौं – हिमालयन बैंकले चालु आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ७४ करोड २४ लाख खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
वित्तिय विवरणअनुसार बैंकले गत आवको सो अवधीमा रू. १ अर्ब ३६ करोड ७० लाख खुद नाफा कमाएको थियो । 
यस्तै, बैंकले हालसम्म रू. १ खर्ब १२ अर्ब ७२ करोड ९१ लाख निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा बैंकले रू. १ खर्ब ९ अर्ब ३८ करोड ७० लाख निक्षेप संकलन गरेको थियो । 
यस्तै, बैंकले हालसम्म रू. ९७ अर्ब ७२ करोड ४ लाख ग्राहकहरुलाई कर्जा दिएको छ । गत आवको सो अवधीमा बैंकले रू. ९२ अर्ब ६९ करोड ७३ लाख कर्जा प्रवाह गरेको थियो । हालसम्म बैंकले बैंक तथा वित्तिय संस्थालाई रू. ४ अर्ब ७३ करोड ५ लाख कर्जा प्रवाह गरेको छ ।
बैंकले कुल प्रवाहित कर्जाबाट रू. ६ अर्ब १७ करोड ७१ लाख कुल व्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्तापुँजी रू. ८ अर्ब ५२ करोड रहेको छ । 
बैंकको बितरण योग्य नाफा ९२ करोड ९२ लाख ८९ हजार रहेको छ ।  बैंकको प्रति शेयर आम्दानी ४०.९० रहेको छ । यस्तै, पिई रेसियो १३.७४, प्रति शेयतर नेटवर्थ२०८.२०, प्रति शेयर कुल सम्पत्ति १६६२.२९, तरलता अनुपात २७.५६ रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया