वार्षिकोत्सवमा टेलिकमको अफर नै अफर, रु १५ मा अनलिमिटेड भ्वाइस प्याक

५ बर्ष अगाडि

नेपाल टेलिकमले डाटा, भ्वाइस र रिचार्जमा विभिन्न आकर्षक अफर ल्याएको छ ।

१६ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले नयाँ सुविधाका रुपमा विग डाटा प्याक र रीचार्जमा बोनस ल्याएको छ भने चलिरहेका प्याकहरुमा थप सुविधा दिएको छ । 

बिग डाटा प्याक अन्तर्गत रु ३०० मा १८० दिनका लागि ६० जिवी र १ हजार ६०० मा ९० दिनका लागि ३० जिवी डाटा दिन शुरु गरेको छ । 

त्यस्तै वार्षिकोत्सवको अवसरमा २०० देखि ४९९ सम्मको रिचार्जमा २०० एमपी डाटा निःशुल्क, ५०० देखि ९९९ सम्मको रिचार्जमा ५०० एमबी निःशुल्क र रु १ हजार भन्दा धेरै रिचार्ज गरेमा १ हजार एमबी डाटा निःशुल्क दिने भएको छ । 

टेलिकमले डे डाटा प्याक अन्तर्गत बिहान ६ देखि बेलुका ६ बजेसम्म रु १० मा ८० एमबी र रु १५ मा २०० एमबी डाटा दिएको छ । यस्तै डे भ्वाइस प्याक अन्तर्गत बिहान ५ देखि बेलुका ५ सम्म रु १५ मा अनलिमिटेड प्याक दिने भएको छ । यस्तै रु १० मा १०० मिनेट भ्वाइस प्याक ल्याएको छ । 

पोष्टपेड ग्राहकका लागि रु ३०० मा ३० दिनको लागि ६२० मिनेट भ्वाइस अथवा ३००० एमबी डाटा प्याकको सुविधा दिएको टेलिकमले जनाएको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया