१० प्रतिशत पारिश्रमिकमा वर्षभरी पढाउने प्रध्यापकहरूले आन्दोलन स्थगित गरे

६ बर्ष अगाडि

विगत एक हप्ता देखि बन्द भएकाे देशकै ठुलो शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसको पठनपाठन संचालन भएको छ ।

दैनिक ज्यालादारी प्रथाको अन्त्य हुनु पर्ने माग राख्दै आन्दोलन कक्षा बहिस्कार गरेका आंशिक प्रध्यापकहरुसंग वार्ता मार्फत समस्या समाधान गर्न सहमति सहमति भएपछि पठनपाठन शुरू भएकाे हाे । 

आशिंक प्राध्यापकहरुले आन्दोलनमा उठाएका मागहरु प्रति त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, पृथ्वीनारायण क्याम्पस प्रशासन र आशिंक प्राध्यापक संघका प्रतिनिधि विच भएको त्रि–पक्षीय  सहमतिपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको नेपाल आशिंक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाईका अध्यक्ष सुनिल गौतमले जानकारी दिए ।

उनले भने–“आन्दोलन एक अभियान हो हाम्रो चाहना विद्यार्थीले पढ्ने अधिकारलाई रोक्ने कदपि हाेईन त्यसैले नजिकिदै गरेको स्ववियु निर्वाचन आन्तिरिक रुपमा चलेका परिक्षाहरु र हिउदे विदा पछाडी कक्षा नहुँदा पठनपाठन अस्तव्यस्त भएको भन्दै आन्दोलन तत्कालका लागि स्थगन गरेका हौं ।” 

क्याम्पस प्रमुख प्राध्यापक चन्द्र वहादुर थापाले जसरी पनि आशिंकको मागलाई सम्वोधन गर्ने प्रतिवद्धता जनाए । उनले भने–“यो समस्या आशिकको मात्रै होईन मेरो र समग्र त्रिभुवन विश्वविद्यालयको हो त्यसैले जती सक्दो चाढो समस्या समाधान गर्ने तर्फ हामी लागि पछौं ।”

विगत १४ वर्ष देखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराईरहेका २ सय १८ जना आंशिक प्राध्यापकहरुले सामुहिक राजिनामा दिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

संघका सचिव खिमानन्द पौडेलका अनुसार क्याम्पसको कतिपय अवस्थामा त नियमित कक्षा संचालन भैरहेको र कोर्ष नसकिएको अवस्थामा समेत कक्षा बन्दभएको सुचना जारी गरी पठनपाठन भएको दिनको समेत पारिश्रमिक दिईंदैन ।

पाठ्यक्रमले प्रस्ट रुपमा १५० पिरियड अध्यापन हुने निर्धारण गरेको भएपनि मुस्किलले एक शैक्षिक सत्र मा १०० दिनको पारिश्रमिकमा आंशिक प्राध्यापकहरु पुरा शैक्षिक सत्र प्राध्यापन गर्न बाध्य छन् ।

उनले भने–“यस हिसाबले सोही बराबरको कामगर्ने पूर्णकालिन प्राध्यापकको करिब १० प्रतिशत पारिश्रमिकमा नै आशिंक प्राध्यापकहरु सेवारत छन ।”

६ बर्ष अगाडि

प्रतिक्रिया