आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा २.२६ अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक तेस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ भने २ अंकको हारहारीमा ओरालो लागेको हो ।
आज १३४९.१३ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३४६.८८ को बिन्दुमा झरेको छ । आज ११ बजे १३४९.१३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.१७ प्रतिशतले घटे्को छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ४ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १७२ कम्पनीको ३१ लाख २७ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ९३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया