काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने सोनम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा स्वम्यभू बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ घर भएका ३८ वर्षीय पासाङ लामा लगायत ३ जनालाई नगद १ लाख १ हजार ५ सय रुपैयाँ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका–१० डेरा गरी बस्ने ५२ वर्षीय प्रसाद गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१५ नयागाउँ बस्ने ३६ वर्षीय रबिन गुरुङ लगायत ६ जनालाई नगद ५४ हजार १ सय ८५ रुपैयाँ र ४ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया