१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुसिकोट नगरपालिका–७ बस्ने ३१ वर्षीय चुरा बहादुर राना, १९ वर्षीय टेक बहादुर कुमाल र बाग्लुङ बडिगाड गाउँपालिका–४ बस्ने १९ वर्षीय सनु दगामी घर्ती मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया