लगानी बोर्डले सात महिनामा भित्र्यायो १ खर्ब ६२ अर्ब

६ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक वर्षको सात महिनाको अवधिमा लगानी बोर्डले आधा दर्जन आयोजनाका लागि रु १ खर्ब ६२ अर्ब ३७ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ । त्यसमा कूल ६ मध्ये ३ ओटा जलविद्युत आयोजना छन । २ ओटा औद्योगिक पार्क र एक रेल्वे परियोजना छन ।

बोर्डले २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजना बनाउन रु ६५ अर्ब कोरियाको लगानी स्वीकृत गरेको छ । मस्र्याङदीवेसी जलविद्युतमा रु ११ अर्ब ७० करोड वैदेशिक लगानी स्वीकृत भएको छ ।

यस्तै झापाको दमकमा औद्योगिक पार्क बनाउनका लागि रु ६४ अर्ब चिनियाँ, विराटनगरमा मल्टिमोडल लजिस्टिक पार्क बनाउन रु  ७ अर्ब र जनकपुरमा रेल्वे लिंकका लागि रु ६ अर्ब वैदेशिक लगानी स्वीकृत गरेको हो ।

यस्तै ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना बनाउन रु ८ अर्ब लगानी स्वीकृत भएको छ । बोर्डले गत वर्षको ६ महिनामा रु ३५ अर्ब बराबरको एफडीआई स्वीकृत गरेको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया