प्रभु बैंकको नाफामा थोरै सुधार, खराब कर्जा बढ्यो

६ बर्ष अगाडि

प्रभु बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । 

बैंकले गत आवको यसै अवधीको तुलानामा खुद नाफा ४ करोडले बढाएको छ । गत आवको यसै अवधीमा १ अर्ब ४ करोड खुद नाफा कमाएको बैंकले समीक्षा अवधीमा १ अर्ब ८ करोड रुपैयाँँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, यस अवधीमा बैंकले खुद ब्याज आम्दानी पनि ३० करोड रुपैयाँले बढाएको छ । गत आवको यसै अवधीमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ बराबरको ब्याज आम्दानी गरेकोमा समीक्षा अवधीमा २ अर्ब ४५ करोड बराबरको ब्याज आम्दानी गरेको छ । त्यस्तै, समीक्षा अवधीमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड पुगेको छ । 

यो अवधीमा बैंकको खराब कर्जा भने बढेको छ । बैंकको खराब कर्जा २.४७ प्रतिशतबाट बढेर ३.१२ प्रतिशत पुगेको छ । 

अहिले सम्ममा बैंकले १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९४ अर्ब ७४ करोड बराबरको कर्जा प्रवाह गरेको छ । 

यो अवधीमा बैंकको प्रतिशेयर आम्दानी पनि घटे्को छ । गत आवको यसै अवधीमा बैंकको २९.७ रुपैयाँ प्रतिशेयर आम्दानी रहेकोमा समीक्षा अवधीमा प्रतिशेयर आम्दानी ७.५८ रुपैयाँले घटेर २२.१२ रुपैयाँ पुगेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया