कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ ।
बैंकले यस अवधीमा २९ करोड रुपैयाँले खुद नाफा बढाएको छ । गत आव सोही अवधीमा १ अर्ब २८ करोड ८० लाख खुद नाफा कमाएको बैंकले चालु आवको दोस्रो त्रैमासमा १ अर्ब ५८ करोड १७ लाख बराबरको नाफा आर्जन गरेको छ ।
गत आवको तुलानामा बैंकले चालु आवमा २२ प्रतिशतले नाफा बढाको हो ।
त्यस्तै, बैंकले आफ्नो सञ्चालन मुनाफा पनि २७ लाख रुपैयँयाले बढाएको छ । समीक्षा अवधीमा बैंकले १ अर्ब ९८ करोड बराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ ।
त्यस्तै, अहिले सम्ममा १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने १ खर्ब १५ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ ।
बैंकको अन्य आम्दानीमा सुधार आए पनि खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ ।
गत आवको यसै अवधकिो तुलानामा बैंकको ब्याज आम्दानी ३२ करोडले घटे्को छ । समीक्षा अवधीमा बैंकले ३ अर्ब १७ करोड रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको छ ।
बैंकको खुद नाफा बढे् सगैँ प्रति शेयर आम्दानी ६.५१ रुपैयाँले बढेको छ। गत आवको यसै अवधीमा प्रति शेयर आम्दानी २४.९६ रुपैयाँ रहेको बैंकको समीक्षा अवधीमा प्रति शेयर आम्दानी ३१.४७ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया