गृह सचिवमा न्यौपानेले मारे बाजी

६ बर्ष अगाडि

काठमाडौँ । सरकारले अख्तियारका सचिव महेश्वर न्यौपानेलाई गृह सचिव बनाएको छ । 
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई गृह सचिवको रुपमा सरुवा गर्ने निर्णय गरेको हो । 
गृहसचिवमा अन्य केही सचिवहरुले समेत लबिङ गरेको भएपनि सरकारले उनैलाई बनाउने निर्णय गरेको हो । 
यस्तै सरकाले अख्तियारको सचिव भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई बनाउने निर्णय गरेको छ।  
हालका गृहसचिव प्रेम कुमार राईले नियमित अवकाश पाएपछि गृहमा सचिव रिक्त रहेको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया