इन्भेष्टमेन्ट बैंकमा बचत गर्दा साढे ७ वर्षमा दोब्बर, ९.९९ प्रतिशतमा कर्जा

६ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंकमा बचत गर्दा  साढे ७ वर्षमा दोब्बर हुने  निक्षेप योजना लोकप्रीय बनेको छ । 

बैंकले सञ्चालन गरेको हरित पहल अभियान अन्तर्गतको ग्रिन डबल फिक्स्ड डिपोजिट (जीडीएफडी) ग्राहकमाझ लोकप्रीय बनेको हो ।

अंग्रेजी नयाँवर्षदेखि शुरु गरेको उक्त योजना अन्तर्गत निक्षेपकर्ताले वार्षिक १०.५० ब्याज पाउँछन् । 

सो योजनाबाट संकलन गरिएका निक्षेपहरू दिगो, वातावरणमैत्री हरित परियोजनाहरूमा लगानी गरिएको कारण कारण यो योजना निक्षेपकर्ताहरूबीच लोकप्रियता भएको बैंकले जनाएको छ । 

त्यसैगरि बैंकले ३३ औं वार्षिकोत्वसका अवसरमा ल्याएको ९.२५ प्रतिशत ब्याजदरसहितको क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट) पनि लोकप्रीय बनेको छ । 

समाजमा बचतको बानी सहज तुल्याउने उद्देश्यसहित सञ्चालनमा ल्याएको योजना अन्तर्गत ग्राहकहरूले न्युनमत ३३ महिने अवधिका लागि न्युनतम ३३३ रुपैयाँ क्रमिक निक्षेप जम्मा गरेर उच्च ब्याजदर पाईरहेका छन् । 

सस्तो कर्जा 
इन्भेष्टमेन्ट बैंकले देशका उद्यमीहरूलाई उत्थान गर्ने उद्देश्यमा केन्द्रीत रहँदै एक वर्षकालागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको साना तथा मझौला उद्यमी (एसएमई) कर्जा योजना ल्याएको छ । 

स्थानीय स्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पु¥याउने एसएमई कर्जा ल्याएको बैंकले जनाएका छ । 

यसका साथै देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रबद्र्धन र आधुनिकीकरण गर्नमा केन्द्रीत हुँदै एक वर्षकालागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशिल कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्जा योजना पनि बैंकले अघि सारेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया