राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षामा विविधिकरणको आवश्यकता रहेको बताएका छन्। भरतपुर महानगरपालिका–६ पारसनगरमा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण महोत्सवको समापन समारोहमा उनले विद्यार्थीको रुचिअनुसार शिक्षालाई वर्गीकरण गर्नु आवश्यक रहेको बताए।
अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा हो भन्दै शिक्षकले तलब मात्रै खाने नभई गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए। अबको शिक्षाले उत्पादित जनशक्ति कति खपत हुन्छ भन्ने विषयमा समीक्षा गर्न जरुरी रहेको उनको भनाइ थियो ।
अहिले शिक्षक नियुक्तिका क्रममा प्रतिस्पर्धामा आएका भए पनि शैक्षिक गुणस्तर दिन नसक्नु समीक्षाको बिषय बनेको उनले बताए। निजी क्षेत्रले शिक्षामा दिएको योगदानभन्दा राज्यको योगदान ठूलो भए पनि राज्यबाट सञ्चालित विद्यालयले प्रतिफल दिन नसकेको उनले बताए। अबको शिक्षा उद्यमशील शिक्षा हुनुपर्ने भन्दै उहाँले प्राविधिक शिक्षामा जोड दिन आवश्यक रहेको बताए।
सो अवसरमा विद्यालयको स्वर्ण महोत्सवका अवसरमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया