बार्सिलोनाको अफिसियल फेसबुक पेजमा प्रियंकाको फोटो

६ बर्ष अगाडि

नायिका प्रियंका कार्की हाल युरोप भ्रमणमा रहेकी छिन् ।

युरोप भ्रमणको सिलसिलामा उनी बार्सिलोनाको फुटबल खेल हेर्नकै लागि स्पेन पुगेकी छिन् । 
नाउ क्यापमा स्पेनिस ला–लिगामा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेल उनले हेरेकी थिइन् । गएराति भएको सो खेलमा बार्सिलोना विजयी भएको थियो । 

आफ्ना प्रेमी आयुष्मान देशराजसँगै त्यहाँ पुगेकी उनले दुई दिनअघि आफू बार्सिलोनाको खेल हेर्न निकै उत्साहित रहेको इन्स्टाग्राममार्फत बताएकी थिइन् । 

गएरातिको खेल हेरेपछि बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकाको फोटो सेयर गरेको छ । फोटोको क्याप्सनमा देखिएको छ–वी लभ नेपाल (हामी नेपाललाई माया गर्छौँ ।’

बार्सिलोनाको फ्यान प्रियंकाको सेयर गरिएको तस्बिरमा उनी भुवादार सेतो पहिरनमा देखिएकी छिन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया