एनटिभीको मोबाइल एप शुभारम्भ

६ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले  नेपाल टेलिभिजन मोबाइल एपको शुभारम्भ गरेका छन्। सो एपमा लाइभ टिभी, टिभी सो, भिडियो अन डिमान्ड र न्युज फिचर समावेश छन् । सो टेलिभिजनका हाल पाँच च्यानल हाई डिफिनिशन एचडी० प्रविधिमा छन् । 

कार्यक्रममा संस्थामा २० र ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक  र सेवानिवृत्त कर्मचारीलाई सम्मान तथा विभिन्न विधामा उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट सार्वजनिक महत्वका सूचनादाता, विज्ञापनदाता, व्यापारिक कारोवारकर्ता र वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयीलाई पनि पुरस्कार प्रदान गरियो । सो अवसरमा टेलिभिजनको स्मारिका लोकार्पण गरिएको थियो । संस्थालाई प्रविधि रुपान्तरणमा अगुवाइ गर्ने इञ्जिनीयरिङ शाखा प्रमुख चिन्तामणि बराललाई पनि सम्मान गरियो । 

यसैगरी यस वर्षको उत्कृष्ट कर्मचारीका रुपमा समाचार निर्देशक राजु सिलवाललाई रु ५५ हजार राशिसहित पुरस्कृत गरियो । कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, सञ्चार मन्त्रालयका सचिव दीपक सुवेदी, संस्थाका पूर्वअध्यक्ष तथा महाप्रबन्धक र राष्ट्रिय सञ्चारमाध्यमका प्रमुखको उपस्थिति थियो । सो टेलिभिजनको स्थापना दिवसका दिन यही माघ १७ गते इटहरी प्रसारणको शुरुआत भएको थियो । विसं २०४१  माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया