आइपीओ निस्कासनका लागी सन नेपाल र अजोड इन्स्योरेन्सलाई नयाँ रेटिङ

६ बर्ष अगाडि

आइपीओ निस्कासनका लागी दुई बिमा कम्पनीले रेटिङ गराएका छन् ।  

धेरै अघिबाट आईपीओ निस्काशनको चर्चामा रहेको  सन नेपाल लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्स रेटिङ नेपालमा रेटिङ गराएका हुन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दुवै कम्पनीको आइपीओलाई  आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यो औसतभन्दा कमजोर आधार जनाउने रेटिङ हो ।

सन नेपाल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्दैछ भने अजोड इन्स्योरेन्सले  ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ जारी गर्दैछ ।

यि दुवै कम्पनीले आइपीओ निष्काशनको लागि रेटिङ गराएपनि हालसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएका छैनन्।
 

६ बर्ष अगाडि

प्रतिक्रिया