इटहरी – संस्कार समाज नेपाल अहिले देशब्यापी अभियानमा लागिपरेको छ । समाजले नियमित श्रृङ्खलाको १४२ औं श्रृङ्खला इटहरीको खनारमा सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यत्रमmमा १७ संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले हरेक महिनाको १ गते, १ घण्टा विहान ८ बजे १ सय मिटर देशव्यापी सरसफाई महाअभियानलाई इटहरी उपमहानगरपालिकामा स्वागत गर्दै साझा अभियान संचालन गर्न इटहरीमा जुनसुकै सहयोग गर्न तयार रहेको बताए । मेयर चौधरीले संस्कार समाज नेपालले अगाडि बढाएको जनचेतनामूलक सरसफाई कार्यक्रम देशका लागि महत्वपूर्ण रहेको बताए ।
इटहरीको खनारमा आयोजित कार्यक्रममा अध्यक्ष तथा मुख्य अभियन्ता पशुपति गुरुङले संस्कार समाज नेपालको अभियानबारे स्पष्ट पार्दै सबैको साथ, सहयोग मिलिरहेको बताइन । विराटनगर र धरानमा कार्यक्रम सम्पन्न गरिसके पछि आफूलाई थप उर्जा मिलेको र मेयरज्यूको उपस्थितिले झन हौसला थपिएको भन्दै इटहरीमा अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं.१२ लगायत १६ वटा संघसंस्थाहरुले ऐक्यवद्धता जनाउएका छन् ।
इटहरी उपमहानगरपालिका वडा नं. १२, खनारसहित प्रकृति मानव केन्द्रित जन अभियान नेपाल यूनिट प्रदेश नं. १, कलवार सेवा समिति, इटहरी सुनसरी, उद्योग वाणिज्य संघ शाखा खनार, सिद्धार्थ कृषि सहकारी संस्था, नेपाल रेडक्रस सोसाइटी खनार उपशाखा, जेष्ठ नागरिक सरोकार समाज खनार, प्रहरी चौकी खनार, सर्वेश्वरी शिव मन्दिर खनार, शिवशक्ति सप्लायर्स, खनार इटहरी, वेष्ठ एण्ड इन्भारोमेन्ट प्रा.लि., प्रतिरक्षा समूह इटहरी, सामुदायिक कीर्तन समूह, भानुभक्त टोल विकास संस्था, किसान कल्याण साकोस, सोनी बचत तथा ऋण सहकारी संस्था, खनार, इटहरी र महिला कृषि अर्गानिक समूह इटहरीले ऐक्यवद्धता जनाएका छन् ।
ऐक्यवद्धता जनाउने संघसंस्थाहरुलाई मेयर द्धारिकालाल चौधरी, वडा अध्यक्ष हेमानन्द दाहाल र संस्थाका अध्यक्ष पशुपति गुरुङले कदर पत्र प्रदान गरेका थिए ।
संस्थाका संरक्षक सदस्य प्रकाश समीरले संचालन गरेको कार्यक्रमको सहजीकरण इटहरी उपमहानगरपालिका वडा नं. १२ ले गरेको थियो ।


प्रतिक्रिया