कारोबारको दोस्रो घण्टा: ४ अकंले बढ्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा ४.२८ अंकले उकालो  लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ४ अंकको हारहारीमा उकालो लागेको हो ।

आज १३४७.८७  को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३५०।९३  को बिन्दुमा झरेको छ । आज ११ बजे  को १३४७.८७   विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.३२ प्रतिशतले बढे्को छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६७ कम्पनीको २१  लाख ८१  हजार कित्ता शेयर खरिद विक्री हुदाँ ७२   करोड ९८   लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया