आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामा ४.७० अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ४ अंकको हारहारीमा ओरालो लागेको हो ।
आज १३४७.८७ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३४१.९५ को बिन्दुमा झरेको छ ।
आज ११ बजे को १३४७.८७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.३५ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य २ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १५२ कम्पनीको ९२ लाख ९३ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया