मंसिरदेखि काठमाडौंमा विद्युतीय बस

७ बर्ष अगाडि

काठमाडौं - मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालनमा आउने भएका छन् । चीनबाट ल्याउन लागिएको बसको खरिद प्रक्रिया सुरु भएको  छ ।

बस सञ्चालनका लागि गोर्खा इको प्यानल नामको कम्पनीले सम्भावनाका बारेमा चीनको विद्युतीय बस निर्माण कम्पनीका प्रतिनिधिलाई नेपाल ल्याएर सडकको अध्धयन गराएको छ ।  

प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालका अनुसार कम्पनीले सडकको अवस्था, घुम्ती, उकालो ओरालो तथा गतिको अध्ययन गरेको थियो । अध्ययनपछि उनीहरूले सडकमा पानी जम्म हुने समस्या भने हटाउन सुझाव दिएका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया