दुई अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्दै नेपाल एसबिआई बैंक

६ बर्ष अगाडि

नेपाल एसबिआई बैंकले सर्वसाधारणहरुका लागी ऋणपत्र निष्काशन गर्ने भएको छ । 

बैंकले माघ २८ मंगलबारबाट दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।

उक्त ऋणपत्र  एक हजार रुपैयाँ अंकित दरको हुनेछ भने बैंकले १० वर्ष अवधि भएको वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी उक्त ऋणपत्र निष्काशन गर्दैछ । 

बैंकले निष्काशन गर्ने दुई अर्ब ५० करोड मध्य क अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट र ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र म्युचुअल फण्ड मार्फत निष्काशन गर्नेछ ।

उक्त ऋणपत्रका छिटोमा फागुन २ गते र ढिलोमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। 


 

६ बर्ष अगाडि

प्रतिक्रिया