काठमाडौं – माछापुच्छ«े बैंकले चालु आवको दोस्रो त्रैमासमा रू. ८२ करोड १८ लाख ५० हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । वित्तिय विवरणअनुसार बैंकले गत आवको सो अवधीमा रू. ७८ करोड १३ लाख लाख ७७ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीमा बैंकको नाफा झिनो मात्रामा बढेको देखिन्छ । बैंकले समिक्षा अवधीसम्म रू. ९७ अर्ब ५२ करोड ३९ लाख निक्षेप संकलन गरेको छ । बैकले गत आवको समिक्षा अवधीमा रु. ८५ अर्ब १९ करोड ८४ लाख निक्षेप संकलन गरेको थियो ।
यसैगरि बैंकले ग्राहकरूलाई रु. ८७ अर्ब ५४ करोड ६६ लाख कर्जा प्रवाह गरेको देखिन्छ । गत आवको अवधीमा बैंकले रु. ७५ अर्ब ९ करोड ५७ लाख कर्जा प्रवाह गरेको थियो । बैंकले बैंक तथा वित्तिय संस्थालाई भने रु. २ अर्ब ५३ करोड ६४ लाख कर्जा प्रवाह गरेको छ ।
बैंकले कुल प्रवाहित कर्जाबाट यो छ महिनामा रू. ५ अर्ब ६८ करोड १६ लाख कुल व्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्तापुँजी रु. ८ अर्ब ४५ करोड ८४ लाख रहेको छ ।
प्रमुख वित्तिय अनुपात
प्रतिशेयर बजार मुल्यः रू.२२९
मुल्य आम्दानी अनुपातः ११.७८ प्रतिशत
प्रति शेयर नेटवर्थः १३१.८८
कुल सम्पत्तिमा प्रतिफलः १.३९प्रतिशत
तरलता अनुपातः २२.४९ प्रतिशत
प्रतिक्रिया