काठमाडौं – चिनमा मास्कको संकट परेपछि नेपाल चाइना चेम्बर अफ कर्मश एन्ड इन्डष्ट्रीले चाइना तिव्वत चेम्बर अफ बडर ट्रेडलाई १२ हजार मास्क प्रदान गरेको छ । संघले उक्त चेम्बरलाई सहयो स्वरुप यतिका मास्क दिएको हो ।
नेपालको मित्रराष्ट्र समेत रहेको चीनमा अहिले नोवल कोरोना भाइरसका कारण जनजिवत अस्तव्यस्त भएको छ । हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसंग चीनमा सुरक्षाका लागि माक्स्को माग बढ्दो छ ।
विशेष गरी नेपाल संग सिमा जोडिएको चीनीया प्रान्त तिव्वतमा समेत भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको छ । तसर्थ यस संघल सहयोग स्वरुप १२ हजार थान मास्क प्रदान गरेको हो । उक्त चेम्बर संग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।
प्रतिक्रिया