रिलायन्स लाइफमा बीमा गर्ने मान्छे घटे, नाफा भने बढ्दै

६ बर्ष अगाडि

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म रु. ४ करोड ६५ लाख ६६ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । वित्तिय विवरणअनुसार कम्पनीले गत आवमा रू. २ करोड ४१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको नाफा ८८.६४ प्रतिशतले बढेको देखिन्छ । यस अवधीमा कम्पनीको आम्दानी रू. ६ करोड ७५ लाख ६९ लाख रहेको छ । यस्तै, खर्च भने रू. २ करोड १० लाख २ हजार रहेको तथ्यांकमा उल्लेख छ । 
तथ्यांकअनुसार कम्पनीले यस बर्ष रु. ६० करोड ६१ लाख २७ हजार बीमाशुल्क संकलन गरेको छ । गत आवको सो अवधीमा कम्पनीले रु. २१ करोड ५१ लाख १६ हजार बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले हालसम्म भने रू. १ अर्ब ४३ करोड ४१ लाख कुल बीमाशुल्क संकलन गरेको छ । 
कम्पनील यो बर्ष ७ हजार ६३२ वटा बीमालेख जारी गरको छ । यद्यपि, यो गत आवको भन्दा कम हो । गत आवको सोव अवधीमा कम्पनीले ७ हजार ९३९ बीमालेख जारी भएको थियो, जसअनुसार उक्त कम्पनीमा बीमा गर्ने व्यक्तिको संख्या घटेको देखिन्छ ।
कम्पनीले हालसम्म रु. १ अर्ब ४२ करोड ५५ लाख अल्पकालिन लगानी गरेको छ । यस्तै, कम्पनीले रू. ५५ करोड ०३ लाख ७५ हजार दिर्घकालिन लगानी गरेको छ । यसैगरि कम्पनीले बीमालेख धितो राखेर बीमितलाई रु. ६ करोड १० लाख ५३ हजार कर्जा प्रवा दिएको छ । 
कम्पनीको चुक्तापुँजी रू. १ अर्ब ४७ करोड रहेको छ । यस्तै, कम्पनीले जगेडा कोषमा रू. १३ करोड ६२ लाख ६९ हजार, जीवन बीमा कोषमा रू. ७७ करोड ५९ लाख २२ हजार  र महाविपत्ति रू. १ करोड ५१ लाख ४१ हजार रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया