विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा पक्राउ

६ बर्ष अगाडि

बारा । विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा१७ जना व्यक्तिहरुको नागरिकताको प्रतिलिपि, फोटो, चाँदीको भाडोमा रहेको सिसा जस्तो टल्किने बस्तुसहित कलैया उपमहानगरपालिका-२६ महेशपुर बस्ने ३६ वर्षीय फुलसरिक मिया धोबीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
    धोबीले बिभिन्न मानिसहरुलाई नेटवर्किङ वयापारमा फाईदा हुन्छ मलाई नागरिताको फोटो र नगद ५/१० हजार दिनुहोस धेरै पैसा खातामा हालिदिन्छु भन्दै रकम असुल्ने र नागमणी पनि छ तपाईलाई दिन्छु यसको मुल्य २ करोड पर्छ भन्दैहिडि रहेको अवस्थामा इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीलेजितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट धोबीलाई पक्राउ गरेको हो । 
    धोबीलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया