कञ्चनपुरको आन्दोलनमा घुसपैठ ?

७ बर्ष अगाडि

काठमाडौँ– कञ्चनपुरको महेन्द्रनगरमा भएको घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन भइसकेको परिप्रेक्ष्यमा केही तत्वले परिस्थितिलाई उत्तेजक बनाउन खोजेको सरकारले दाबी गरेको छ ।  
उक्त घटनाप्रति सरकार संवेदनशील रहेको र दोषीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ । 
आज राती अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा घुपसैठ भएको दाबी गरे । उनले आन्दोलनमा कसको घुसपैठ भएको भन्नेचाही खुलस्त पारेनन् । 
उनले दोषीलाई कारबाही गर्न सरकार गम्भीर रहेको भन्दै पन्तको हत्यालाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न पनि कञ्चनपुरबासीसँग अनुरोध गरेका छन् । 

शुक्रबार दिनभर शान्त रहेको महेन्द्रनगर बजारमा साँझ एक्कासी आन्दोलन चर्किँदा एकजना किशोले ज्यान गुमाएका छन् ।
 नगरपालिका क्षेत्रमै प्रहरीको गोली लागेर स्थानीय करिब १४ वर्षीय  सन्नी खुनाको ज्यान गएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया