आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा २३.८७ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ २३ अंकको हारहारीमा उकालो लागेको हो ।
आज १३२५.६२ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३४९.२५ को बिन्दुमा झरेको छ । आज ११ बजे १३२५.६२ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक १.८० प्रतिशतले बढे्को छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १२ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १७० कम्पनीको ३५ लाख ११ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १४ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया