काठमाडौं – सन् २०२० को पहिलो महिना अर्थात् जनवरीमा नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) उत्साहजनक देखिएको छ । यो महिनाको सुरुदेखि नै बजार बीच बीचमा करेक्सन हुँदै बुलिस ट्रेनमा अगाडि छ ।
जनवरी १ तारिख ११६६.०४ देखि नेप्से कारोबार सुरु भएको थियो । तर, जनवरीसम्म आउँदा नेप्से परिसुचक उच्च मात्रामा बढेर १३२५.३९ विन्दुमा पुगेको छ, जसनुसार जनवरीमा नेप्से परिसुचक १५९.३५ विन्दुले बढेको देखिन्छ ।
यस बिचमा नेप्से परिसुचक जवनरी १९ तारिखमा १३४३.६६ विन्दुमा पुगेको थियो । तर, घटेर कहिले पनि सुरूको विन्दु भन्दा तल आएन, जसअनुसार यस अवधीमा नेप्से बुलिस टे«नमा अगाडि बढेको देखिन्छ ।
बिशेष गरि अर्थमन्त्री डा. युवराज खतिवडाको मनोवल युक्त अभिव्यक्ति, लाभांश वितरणको समय लगायतका कारण यो समय यो अवधीमा शेयर बजार बढेको देखिन्छ । पछिल्ला दिनहरुमा शेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको थियो । यस अवधीमा एकै दिनमा ४२ अंकले समेत शेयर बजार बढेको थियो ।
यद्यपि, शेयर बजारका बिश्लेषकहरुले भने यसरी बजार बढ्नुलाई अस्वभाविक भएको बताएका छन् । यो महिना २१ दिन शेयर कारोबार भएको छ । जवनरीमा दैनिक २ अर्बसम्मको पनि कारोबार भएको थियो । यसरी उत्साहजनक रुपमा शेयर बजार यो महिना कारोबार पनि धेरै मात्रामा भएको बताइएको छ ।
प्रतिक्रिया