गाँउमा पुगेनन् बैंकको कर्जा, शहरी क्षेत्रमा नै केन्द्रीत

६ बर्ष अगाडि

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार कर्जा विस्तारमा पनि काठमाडौं क्षेत्र नै अगाडी रहेको छ । कुल कर्जा लगानी मध्ये काठमाडौं क्षेत्रमा मात्रै ५१.२ प्रतिशत लगानी भएको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा बैंकहरुको कुल कर्जा लगानीमा काठमाडौं क्षेत्रको हिस्सा ५१.७ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा काठमाडौं क्षेत्रको कर्जा लगानी सामान्य घटेको छ ।

विराटनगर क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी १२ प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको बराबर नै हो ।

यस्तै पोखरा क्षेत्रमा भने कर्जा लगानीको अनुपात घटेको छ । अघिल्लो वर्ष ७.८ प्रतिशत हिस्सा रहेकोमा गत आर्थिक वर्षमा ७.१ प्रतिशतमा झरेको छ । यस्तै विरंगज, भैरहवा, नेपालगंज, जनकपुर र धनगढी क्षेत्रमा भने कुल कर्जा लगानीमा क्षेत्रगत हिस्सा बढेको छ ।

 विरगंज क्षेत्रमा कर्जा १०.२ बाट १०.४ प्रतिशत, भैरहवा क्षेत्रमा ८.२ बाट ८.७ प्रतिशत, नेपालगंज क्षेत्रमा ४.१ बाट ४.३ प्रतिशत, जनकपुर क्षेत्रमा ३.३ बाट ३.६ प्रतिशत र धनगढी क्षेत्रमा २.७ बाट २.८ प्रतिशत पुगेको छ ।

जुन क्षेत्रमा आर्थिक कृयाकलाप बढी हुन्छ त्यही क्षेत्रमा निक्षेप र कर्जाको कारोबार पनि बढी हुने गर्दछ । उपत्यका बाहेकको क्षेत्रमा कर्जा विस्तारमा सामान्य सुधार देखिएपनि अपेक्षाकृत सुधार हुन सकेको देखिँदैन ।

नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यलय वालुवाटार र क्षेत्रीय कार्यलयहरु, विराटनगर, जनकपुर, विरगंज, पोखरा, भैरहवा, नेपालगंज र धनगढी कार्यलयले ५७ वटा जिल्लामा गरेको अध्ययन गरेको थियो ।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया