आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ६० लाख बराबरको नाफा आर्जन गरेको छ ।
गत वर्षको यसै अवधीमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेकोमा यस वर्ष उक्त नाफा १ करोड ७६ लाखले बढाएको हो ।
त्यस्तै, यस अवधीमा कम्पनीले खुद ब्याज आम्दानी पनि २ करोड २६ लाखले बढाएको छ । कम्पनीले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको छ ।
त्यस्तै, कम्पनीले यस अवधीमा ३ अर्ब ४ करोड ६९ लाख बराबरकोे निक्षेप संकलन गरेको छ भने ३ अर्ब २१ करोड बराबरको कर्जा प्रभाव गरेको छ ।
प्रतिक्रिया