भारतले प्रतिवन्ध लगाएपछि प्याज आयातमा भारी गिरावट, नेपालमा चिनियाँ प्याज बढ्दै

६ बर्ष अगाडि

काठमाडौं – भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको आयातमा भारी गिरावट आएको छ । चालु आवको पहिलोे ६ महिनामा रकमको आधारमा प्याजको आयात २५.५३ प्रतिशतले घटेको छ । साथै, परिमाणको आधारमा प्याजको आयात ४२.९६ प्रतिशतले घटेको भन्सार बिभागको तथ्यांकले देखाउछ ।
 
भारतले आफ्नो देशमा प्याजको उत्पादन घटेपछि भदौदेखि निर्यातमा रोक लगाएको थियो । फलस्वरुप नेपालमा यसको अभाव भएर प्याजको मुल्य प्रतिकेजी रु. २५० भन्दा माथि पुगेको थियो । यस्तै, भारतले प्याजमा प्रतिवन्ध लगाएपछि नेपालमा चिनियाँ प्याजको आयात बढ्दै गएको छ । 

६ महिनामा फ्राइ प्याज, हरियो प्याज सहित कुल रू. २ अर्ब २९ लाखको प्याज आयात भएको छ । त्यसमध्ये चीनदेखि रू. ४१ करोड ६ लाख २२ हजारको प्याज आयात भएको छ । यस्तै, भारतदेखि रू. १ अर्ब ५९ करोड २३ लाखको प्याज आयात भएको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि चिनदेखि पनि प्याज आयात हुन सुरु गरेको छ । महिनागत रुपमा हेर्ने हो भने पछिल्लो समय चिनियाँ प्याँजको आयात बढेको छ । पहिला चिनदेखि प्याज आयात हुने गरेको थिएन ।

परिमाणका आधारमा यो अवधीमा जम्मा ४ करोड ८२ लाख ५ हजार ३६२ केजी प्याज आयात भएको छ । त्यसमा चिनदेखि ५९ लाख ९४ हजार ८२७ केजी प्याज आयात भएको छ । भारतदेखि भने ४ करोड २२ लाख १० हजार ५३५ को प्याज आयत भएको छ ।

गत आवको सो अवधीमा ८ करोड ४५ लाख १९ हजार ६५३ केजी बराबरको रू. २ अर्ब ६८ करोड ९८ लाखको प्याज आयात भएको थियो । जुन भारतदेखि मात्र आयात भएको हो । नेपालमा खपत हुने प्याजमध्ये भारतदेखि ९० प्रतिशत प्याज आयात गर्नुपर्ने बाध्यता छ । नेपालमा बार्षिक रू. ५ अर्ब ६२ करोड २५ लाख बराबरको १७ करोड ८४ लाख ६८ हजार केजी प्याज आयत हुने गरेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया