ललितपुरमा भीषण आगलागी, एक जना घाइते

६ बर्ष अगाडि


काठमाडौं ।ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् । 

आइतबार बिहान ११ः२० बजेतिर लागेको आगलागीले उग्र रुप लिएको छ । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ । 

आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया