सजिलो लघुवित्तको नाफा ६४ लाख, कर्जा प्रवाह मात्र ५३ करोडले बढ्यो

६ बर्ष अगाडि

सजिलो लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तय विवरण सार्वजनीक गरेको छ । 

कम्पनीले यस अवधीमा ६४ लाख ८२ हजार बराबरको खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा ४१ लाख ९१ हजार खुद नाफा आर्जन गरेको कम्पनीले यस वर्ष अघिल्लो वर्षको तुलानामा २२ लाख ९१ हजार रुपैयाँले नाफा बढएको हो ।

त्यस्तै, कम्पनीले यस अवधीमा आफ्नो ब्याज आम्दानी पनि बढएको छ । अघिल्लो वर्षको यसै अवधीमा कम्पनीले १ करोड २६ लाख बराबरको खुद ब्याज आम्दानी गरेकामो यस वर्ष उक्त आम्दानी १ करोड ९४ लाखले बढाएर ३ करोड २१ लाख रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, यस अवधीमा कम्पनीले ९३ करोड बराबरको कर्जा प्रवाह गरेको छ भने १४ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । कम्पनीले अघिल्लो वर्षको यसै अवधीमा ३९ करोड ७४ लाख बराबरको कर्जा प्रवाह र ३ करोड ९६ लाख बराबरको निक्षेप संकलन गरेको थियो । 

यो अघिल्लो वर्षको यसै अवधीको तुलाना गर्दा कर्जामा ५३ करोड र निक्षेपमा १० करोड बढी रकम हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया