काठमाडौं – प्राइम कर्मशियल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा रू. १ अर्ब ३० करोड ७ लाख खुद नाफा कमाएको छ । बैंकले आइवार सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । गत आवको सो अवधीमा बैंकले रू. १ अर्ब ६ करोड ८ लाख खुद नाफा कमाएको थियो । बैंकको बितरण योग्य नाफा भने ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
बैंकले दोस्रो त्रैमासमा मात्र रू. ६४ करोड १० लाख १९ हजार खुद नाफा कमाएको छ । यो छ महिनामा बैंकले कुल रू. ५ अर्ब ४८ करोड ८५ लाख व्याज आम्दानी गरेको छ ।
बैंकले हालसम्म ग्राहकबाट रू. ८० अर्ब ३५ करोड ३५ लाख निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीसम्म बैंकले रू. ७७ अर्ब ४ करोड निक्षेप संकलन गरेको थियो । चालु आवमा बैंक तथा वित्तिय संस्थाबाट सहित जम्मा रु. ८९ अर्ब ६२ करोड निक्षेप संकलन गरेको छ ।
यस्तै, बैंकले ग्राहकहरुलाई रू. ८० अर्ब ९१ करोड ५४ लाख कर्जा प्रवाह गरेको छ । साथै, बैंक तथा वित्तिय संस्थालाई रु. ३ अर्ब २६ करोड ६२ लाख कर्जा प्रवाह गरेको छ । बैंकले कुल रु. ८५ अर्ब ५ करोड कर्जा प्रवा गरेको छ । बैंकको खराब कर्जा भने १.४५ प्रतिशत मात्र छ । बैंकको आधार दर ९.४५ प्रतिशत रहेको छ ।
हाल बैंकको चुक्तापुँजी रु. ९ अर्ब ६८ करोड ६८ लाख पुगेको छ । साथै, बैंकले जगेडाकोषमा रू. ३ अर्ब १९ करोड ६७ लाख पुगेको छ ।
प्रमुख वित्तिय अनुपातहरुः
प्रतिशेयर आम्दानीः रू.२६.८६
मुल्य आम्दानी अनुपातः ९.६८
प्रति शेयर नेटवर्थः रू. १५८.४१
प्रति शेयर कुल सम्पत्तिको मुल्यः रू. १,१३२.०१
तरलता अनुपातः २०.८३
प्रतिक्रिया